कलाकर्मी, कानुन व्यवसायी, सामाजिक अभियन्ता, साहित्यकार, स्वास्थ्यकर्मी लगायत व्यक्तित्वहरुको क्रियाशिलतामा बि.सं.२०६३ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा श्री यामबहादुर जि.सी.को अध्यक्षतामा स्थापना भएको यस संस्था बिगत १८ बर्ष देखि देशमा भईरहेको भ्रष्टाचार, कालोबजारी, गुणस्तरहिन अखाद्य वस्तु लगायत बिभिन्न विभेदका विरुद्ध आम जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गदै आएको छ । स्थापनाकाल देखि गरिव तथा दिनदुखीहरुको सेवामा निरन्तर सकृयता पूर्वक क्रियाशिल संस्था भएको जानकारी गराउँदछौं ।
यसै सन्दर्भमा विनासकारी भूकम्पले निम्त्याएको परिघटना होस् अथवा कोभिडको महामारीमा पनि विभिन्न संघ-संस्थाको सहकार्यमा राहत वितरण गर्दै दिन दुखी श्रमिकवर्ग, कलाकर्मी, सञ्चारकर्मी, लगायतलाई सहयोग सामाग्री हस्तान्तरण गर्दै आएको पनि जानकारी गराउन चाहान्छौं ।
Nagarik Samaj








