काठमाडौं – सामाजिक रुपान्तरणकालागि नागरिक समाजको स्वास्थ्य कार्यक्रम अन्तर्गत सामुदायिक बिद्यालयहरुमा शिविर सञ्चालन गर्दै जाने क्रममा आज पद्मोदय माद्यमिक बिद्यालयमा दन्त शिविरको आयोजना गर्‍याे ।

बिद्यालयमा अध्ययनरत नर्सरी कक्षा देखि दश कक्षासम्मका बिद्यार्थी, शिक्षक तथा कर्मचारी गरी ६ सय पचपन्न जनाको दाँतको परिक्षण सम्पन्न गर्‍याे ।

कार्यक्रममा बिद्यालयको प्राचार्य शर्मिला पोखरेलले यस्ता शिविरको आयोजनाले सामाजिक संस्थाहरुलाई अझ जनसेवामुखी कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको बताउनु भयो ।

ॐ समाज डेन्टल हस्पिटलका बोर्ड सदस्य राजन थापाले गुणस्तरीय स्वास्थ्य सेवा सुलभ दरमा उपलब्ध गराउने लक्ष्यमा प्रतिबद्ध रहेको बताउँदै । आगामी दिनहरूमा समुदायमा निःशुल्क स्वास्थ्य चेतना कार्यक्रमहरू थप सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।”

स्वयंसेवक विद्यार्थीको सक्रिय भूमिका रहेको उक्त शिविर डा. सिमा यादव, डा. सोफिया राउत, डा. सुभका राई तथा स्वास्थ्य स्वयसेविका जुनु पण्डितको टोलीले दन्त परिक्षण गरेका थिए भने धन घिमिरेको व्यवस्थापनमा सम्पन्न शिविरमा सवारी चालक रमेशको समेत सक्रिय भूमिका रहेको थियो ।

यामबहादुर जि.सी.को संयोजकत्वमा सम्पन्न बृहद दन्त शिविरमा शिविरप्रति प्रसन्नता व्यक्त गर्दै भने, “हामीले ॐ समाज डेन्टल अस्पताल रोज्नुको कारण उनीहरूको अनुभवी चिकित्सक टोली, सफल उपचार सेवा र समुदायप्रतिको समर्पित भावनाका लागि हो ।” भन्ने धारणा राख्दै आगामी दिनमा बागमती प्रदेशका सबै सामुदयिक बिद्यालयहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्वेश्य रहेको बताए ।

ॐ समाज डेन्टल हस्पिटलमा दाँतको उपचार गर्न जाँदा सामाजिक रुपान्तरणकालागि नागरिक समाजका सल्लाहकार समिति, मानार्थ सदस्य, आजीवन सदस्य, साधारण सदस्य तथा शुभचिन्तक लगायत सम्पूर्ण रक्तदाता स्वयसेवकहरु उपचारमा जाँदा २०% छुट दिने ब्यवस्था गरिएको जानकारी समेत गराए ।

 

SHARE